|

काठमाडौं : नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र न. २ का सांसद मोहनबहादुर बस्नेतले जलेर आत्मदाह गरेका प्रेम प्रसाद आचार्यका छोरिहरूको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन्।

उनले आचार्यका परिवार बसेको सिनामंगलमै पुगेर प्रत्यक्ष रूपमा भेटी यसको व्यवस्थाको जिम्मा लिएको सामाजिक सञ्जालमार्फत बताएका छन्।

उनले भनेका छन्,‘स्व प्रेम प्रसाद आचार्यज्यूका छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धता मैले यही सामाजिक संजालमार्फत गरेको थिएँ र प्रेम प्रसाद ज्यूको श्रीमती बस्नुभएको ठाउँ सिनामंगलमै पुगी प्रत्यक्ष भेटेर उहाँसँग थोरै भए पनि कुराकानी गरे र सान्त्वना पनि दिए साथै उहाँको रोजगारी र छोरीहरुको पठन पाठनको व्यवस्था मिलाउने जिम्मासमेत मैले लिएको छु।’

गत मंगलबार संसद भवनअगाडि नयाँ बानेश्वरमा आचार्यले शरिरमा पेट्रोल छर्केर आगो लगाएका थिए। कीर्तिपुरको बर्न हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.