|

काठमाडौं : लेखक तथा प्रशिक्षक अर्जुन चापागाईद्वारा सम्पादित क्विज क्याप्सुलको चौथो परिमार्जित संस्करण सार्वजनिक भएको छ।

विद्यालय स्तरीय हाजिरी जवाफ तथा सामान्य ज्ञानमा अभिरुचि राख्ने पाठकका निम्ति बहुउपयोगी क्विज क्याप्सुल अस्मिता पब्लिकेसनले प्रकाशन गरेको हो।

पछिल्लो समयमा स्कुल स्तरीय बालबालिकाबीच निकै रुचाइएको उक्त पुस्तक बिक्री वितरणबाट प्राप्त रोयल्टीको १० प्रतिशत रकम डा. भगवान कोइरालाको नेतृत्वमा निर्माणधीन काठमाडौं बाल अस्पताललाई उपलब्ध गराउने सम्झौता भएको लेखक चापागाईले जानकारी दिए।

बदलिँदो परिस्थितिमा ज्ञान विज्ञान र समसामयिक क्षेत्रमा रुचि राख्ने जुनसुकै पाठकका निम्ति पुस्तक उपयोगी हुने प्रकाशक मनोज शर्माले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.