|

जनकपुरधाम :  अयोध्यामा भगवान् रामको मूर्ति निर्माण गर्न लागिने देवशिला जनकपुरधाम ल्याइएको छ।

राति जनकपुरधाम ल्याइएका दुईवटा देवशिला जानकी मन्दिर प्रांगणमा विशेष पूजा अर्चना गरिएको हो। अयोध्यामा निर्माणाधीन भगवान् रामको मन्दिरमा स्थापित गरिने श्री रामको बालरूप ‘रामलला’ को भव्य प्रतीमा निर्माणका लागि नेपालको श्री कृष्णागण्डकी तटबाट विधिपूर्वक ल्याइएको छ।

अयोध्यामा निर्माणाधीन रामको मन्दिरमा स्थापित गरिने प्रतीमाका लागि नेपालको श्री कृष्णागण्डकी तटबाट विधिपूर्वक शिला अयोध्या लैजान आइतबार बिहान जनकपुरधाम ल्याइएको हो।​

देवशिला जानकी मन्दिर प्राङ्गणमा विशेष पूजा अर्चनाको गरेको हो। मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल, एमाले नेतृ तथा संघीय सांसद जुली महतो, नेपाली कांग्रेसका पूर्व उपसभापति  विमलेन्द्र निधिलगायतले पूजा अर्चना गरेका  छन्।

दर्शनका लागि जानकी मन्दिर प्राङ्गणमा भक्तजनको भीड लागेको छ। पूजाअर्चना गरी देवशिला जनकपुरधामबाट सोमबार बिहान  अयोध्या लगिने जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णवले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.