|

काठमाडौं : काठमाडौं महानगरपालिकाले डोजर तथा सडक व्यापार गर्न नदिएर सर्वसाधारणलाई आतंक चलाएको भन्दै प्रदर्शन भएको छ।

आइतबार दिउँसो माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले कामपा र प्रमुख बालेन साहविरुद्ध नारावाजीसमेत गरे।

प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए।

महानगरले अवैध संरचना हटाउने तथा सडक व्यापारलाई निषेध गर्ने अभियान नै चलाएको छ। महानगरको यस अभियानबाट सर्वसाधारण तथा बढीजसो निम्नवर्गीय मानिसहरूलाई मार्का परेको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.