विराटनगर : प्रेस सेन्टर नेपाल पाँचथर शाखाले ५ लाख रूपैयाँ राशिको पत्रकारिता पुरस्कार कोष स्थापना गरेको छ।
आज (आइतबार) प्रेस सेन्टर नेपालको १९ औँ स्थापना दिवसको अवसरमा पाँचथर जिल्ला शाखाले शुभकामना आदानप्रदान कार्यक्रम गरी ५ लाख राशिको पत्रकारिता पुरस्कार कोष स्थापना गरिएका हुन् ।
दशवर्षे जनयुद्धका समयमा पाँचथर जिल्लाको जनयुद्धकै पहिलो शहीद गब्बरसिंह आङदेम्बेको स्मृतिमा ५ लाख राशिको पत्रकारिता पुरस्कार स्थापना गरिएको प्रेस सेन्टर नेपालका संघीय सदस्य विजयवोध लावतीले जानकारी दिए।
पत्रकारिता क्षेत्रमा योगदान गर्ने अग्रज एवम् क्रियाशील पत्रकारलाई सो पुरस्कार प्रदान गरिने प्रदेश सदस्य रामचन्द्र बम्जनले बताए। वितरण गर्ने तयारी रहेकोसमेत उनले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।