|

जनकपुरधाम : मधेश प्रदेश सरकारका नवनियुक्त अर्थमन्त्री सञ्जय यादवले आज पदभार ग्रहण गरेका छन्। बिहीबार जिम्मेवारी सहितको पत्र प्राप्त गरेका मन्त्री यादवले आज आइतबार  पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण गर्दै अर्थमन्त्री यादवले प्रदेश सरकारको राजस्व बढाउनका लागि कार्ययोजना बनाएर अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिए।

मन्त्री यादवले बजेटमा भएका प्रावधानअनुसार चालू खर्चलाई मितव्ययी बनाउँदै कटौती गर्ने र पुँजीगत खर्च अभिवृद्धि गर्ने सम्बन्धमा पनि कार्ययोजना बनाउन निर्देशन दिएको अर्थसचिव गजेन्द्र ठाकुरले बताए।

यसअघि नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले शुक्रबार नै पदभार ग्रहण गरेका थिए।

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त सरोजकुमार यादवले पुस २९ गते विनाविभागीय मन्त्रीहरूसँगै शपथ लिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.