|

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। 

साहको ज्यादती बढेको भन्दै काठमाडौंका बासिन्दा आन्दोलनमा उत्रिएको भोलिपल्ट प्रधानमन्त्री  भेट्न बालुवाटार पुगेका हुन्।  उनीहरुबीच समसामयिक विषयमा छलफल भएको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

पछिल्लो समय काठमाडौंमा मेयर साहले गरेका अधिकांश कामको कुनै ठाउँमा विरोध भएको छ भने कुनै काममा अदालतले उनको कामलाई रोक लगाइदिएको छ।

काठमाडौंमा उनको लोप्रियता घट्दै गएको छ भने साह निरंकुश बन्दै गएकोमा मतदाता नै असन्तुष्ट  छन्। प्रधानमन्त्री प्रचण्डले महानगरको पछिल्लो गतिविधिका विषयमा चासो राखेको सचिवालयले जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.