|

काठमाडौं : धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना थुनुवा फरार भएका छन्। 

गएराति हिरासत तोडेर ६ जना अभियुक्त फरार भएका धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए। फरार हुनेमा हातहतियार, लागु औषध अभद्र व्यवहार र शान्तिसुरक्षा मुद्दामा हिरासतमा राखिएहरु रहेको उनले बताए। 

 लागूऔषध मुद्दाका विनोद शर्मा, सार्वजनिक मुद्दाका अमित मण्डल र रोषण यादव, अभद्र व्यवहार सम्बन्धी मुद्दाका हरिसिंह विक तथा हातहतियार मुद्दाका रोषण महतो र शंकर सिंह फरार भएका हुन्। उनीहरुको खोजी कार्य तिब्र पारिएको डिएसपी क्षेत्रीले बताए।  हिरासतका अभियुक्त फरार भएपछि डिउटीमा रहेका प्रहरीमाथि नै छानविन हुने भएको छ। 

आजै समिति गठन गरेर छानबिन प्रक्रिया थालिने डिएसपी क्षेत्रीको भनाइ छ। इलाका प्रहरी कार्यालयमा कार्यरत जुनसुकै पदका प्रहरीसमेत छानबिनमा तानिन सक्ने उनले बताए। छानबिनमा दोषी पाइएका कानुनअनुसार कारबाही गरिने क्षेत्रीले जानकारी दिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.