|

दाङ : बंगलाचुली गाउँपालिकामा भूमिहीन सुकुम्बासीको लगत संकलन गरिने भएको छ।

गाउँपालिकाभित्र वडाहरूमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको यकिन विवरण अहिलेसम्म संकलन नभएको हुँदा यसलाई व्यवस्थित तरिकाले संकलन गरिने भएको हो। 

गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरले गाउँपालिकाको वडाहरूमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको यकिन विवरण संकलन छिटोभन्दा छिटो सक्ने गरी काम अगाडि बढाउन सम्पूर्ण वडाका अध्यक्षहरूलाई निर्देशन दिए।

उनले जिल्लाका अन्य स्थानीय तहमा भूमिहीनहरूलाई जग्गा वितरणको कामसमेत थालिसक्दा पनि बंगलाचुलीमा यसको व्यवस्थित कार्य प्रगति नहुनु दुःखद भएकोसमेत बताए।

उनले अबको केही दिनभित्र गाउँपालिकाभित्रका वडाहरूमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको लगत सङ्कलन गरेर यकिन विवरण ल्याउन वडाका अध्यक्षहरूलाई आग्रह गरे।

उनले भने, ‘संविधानले नै व्यवस्था गरेको कुरालाई हामीले बेवास्ता गर्नु हुँदैन। सबैले यसलाई गम्भीरताका साथ लिएर हरेक वडामा रहेका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासी नछुट्ने गरी लगत संकलन गरी समयमै पुर्जा वितरण गर्नु पर्छ। तसर्थ आजैका मितिदेखि सबैले यो काम सम्पन्न गर्नतर्फ लागौँ।’

उँपालिकामा भूमिसम्बन्धी समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग दाङले आइतबार गाउँपालिकाका जनप्रतिनिधिहरूसँग गरेको एकदिने अभिमुखीकरण गरेको थियो।

कार्यक्रममा राष्ट्रिय भूमि आयोग दाङका जिल्ला अध्यक्ष लेखराज सिंहले गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको विवरण समयमै संकलन गरेर जिल्लामा सिफारिश गर्न अनुरोध गरे। उनले गाउँपालिकाका सबै वडामा कोही पनि जग्गाविहीन नहुने गरी कामलाई अगाडि बढाउन अनुरोध गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.