|

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा जारी नगरस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत दशरथचन्द नपा-२ देहिमाडौं र दशरथचन्द नपा-८ त्रिपुरा फाइनलमा पुगेका छन्।

सोमबारको पहिलो सेमिफाइनल खेलमा दशरथचन्द नपा-६ थालिगडालाई ११९ रनले स्तब्ध पार्दै देहिमाडौं फाइनलमा प्रवेश गरेको हो।

देहिमाडौंले दिएको १९७ रनको विशाल लक्ष्य पन्छाएको थालिगडा १६ दशमलव २ ओभरमा ७७ रनमा समेटियो। ममता चन्दले १८ र सन्जु पेलाले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन नसक्दा थालिगडा सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो।

देहिमाडौंका लागि बसन्ती बोहराले ३ तथा आरती बोहरा र लक्ष्मी बोहराले २/२ विकेट हात पारे।

त्यसअघि घरेलु निंग्लाशैनी क्रिकेट मैदानमा पहिला ब्याटिंग गरेको देहिमाडौंले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९६ रन बनायो। मिना रावतले ४४ र पिंकी बोहराले ३६ रनको योगदान गरे।

थालिगडाकी पूजा कार्की, सन्जु् पेला र जयन्ती कार्कीले २/२ विकेट हात पारे। देहिमाडौंकी मिना रावत ओम्यान अफ द म्याच चुनिएकी स्कोरर तिलक बोहराले जानकारी दिए।

आजै सम्पन्न अर्को सेमिफाइनलमा दशरथचन्द नपा-१० बाराकोटलाई ३४ रनले पराजित गर्दै दशरथचन्द नपा-८ त्रिपुरा  फाइनलमा सुरक्षित भएको छ।

जितका लागि १४६ रनको लक्ष्य पन्छाएको बाराकोट १७ दशमलव १ ओभरमा १११  रनमा अलआउट भयो। प्रियान्सी चन्दले सर्वाधिक ३१ रन बनाए पनि हार टार्न सकिनन्।

त्रिपुराका जानवी मौनी र नीलम महरले ३/३ विकेट हात पारे।

त्यसअघि पहिला ब्याटिंग गरेको त्रिपुराले निर्धारित २० ओभरमा रितु पेलाको ३१ रनको मद्दतमा १४५ रन बनायो।​

बाराकोटका लागि प्रियान्सी चन्दले ४ र रितु बुडालले ३ विकेट हात पारे। जानवी ओम्यान अफ द म्याच भइन्।

दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता माघ ९ गते शुरू भएको हो। शहीद दिवसको अवसरमा शहीद दशरथचन्दको जन्मनगरमा आयोजित प्रतियोगिता मंगलबार सम्पन्न हुँदैछ।

नगरका ७ टोलीको सहभागिता रहेको प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजार, ट्रफि,मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद १५ हजार, ट्रफि‚ मेडल र प्रमाणपत्र रहेको दशरथचन्द नगर खेलकुद विकास समितिका अध्यक्ष भूपेन्द्र चन्दले जानकारी दिए।

प्रतियोगितामा ओमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट व्याट्स ओमेलनलाई  १५/१५ सय, अनुशासित टिमलाई ३ हजार र ओमेन अफ म्याचलाई ट्रफि प्रमाणपत्र दिइने जनाइएको छ।

निकट भविष्यमै नगरपालिकाले सबै खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको नगर खेलकुद विकास समिति अध्यक्ष चन्दको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.