|

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा देवीप्रसाद ढकाल नियुक्त भएका छन् । 

मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री जम्मकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा भक्तपुर निवासी ढकाललाई नियुक्त गर्ने निर्णय गरेको हो । ढकाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्।

प्रदेश सरकारको प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए।

मन्त्रिपरिषद् बैठक बस्न नसकेको भन्दै आलोचना भएपछि मंगलबार कुनै प्रस्ताव बिना नै बैठक बसेको बताइएको छ । बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको विषयमा पनि छलफल भएको भए पनि निर्णय भएन भएन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.