|

सुर्खेत : जाजरकोट नलगाड नगरपालिकामा निर्माण हुन लागेको नगर अस्पतालको भवन अलपत्र परेको छ। छेडागाड नगरका प्रमुख रत्नबहादुर खड्काले १८ करोडमा लिएको उक्त ठेक्काको काम नगर्दा अलपत्र परेको हो।

स्वास्थ्य भवनको सम्झौता मिति २०७८ असोज २२ गते रहेको थियो। २०८० असार १५ गतेसम्म सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

पहिलो किस्तामा २ करोड ८६ हजार रुपैयाँ नगरपालिकाबाट लिइएको र दोस्रोपटक १ करोड ९९ लाख ९९ हजार ९९९ रुपैयाँ लिइसकेका छन्। प्रेरा खड्का कृष्ण क्याराभान जेभी काठमाडौंको नाममा भुक्तानी भएको छ।

तोकिएकै समयमा स्वास्थ्य संस्थाको भवन निर्माण नहुँदा यहाँ दैनिक आउने विरामी तथा सेवाग्रहीलाई सेवा लिन समस्या भएको नलगाड नगरउपप्रमुख सरिता सिंहले गुनासो गरिन्। ठेक्काका काम लिने तर समयमा कतै पनि निर्माण नगर्ने परिपार्टीका कारण समस्या हुँदै आएको छ।

ठेक्का लिएको काम समयमा नगर्दा समस्या भएको भन्दै उपप्रमुख सिंहले प्रदेशसभा सदस्य वेदराज सिंहलाई निर्माण व्यवसायी तथा छेडागाडका नगरप्रमुखलाई निर्माण गर्ने काममा लाग्न समेतको लागि सहजीकरण गरिदिन आग्रह गरिएको छ।

दुई वर्षअघि नगर अस्पताल निर्माणका लागि बोलपत्र आह्वान गरिएको थियो। नगर अस्पतालको जग मात्र खडा गरिएको अवस्थामा रहेको छ। संरचना निर्माण गर्ने समयसम्म निर्माण शुरु नहुँदा सबैभन्दा बिडम्वना रहेको रहेको सरोकारवाला निकायले बताएका छन्।

‘नगरपालिकाबाट पटक पटक काममा आउन आग्रह गरिए पनि नगरप्रमुख खड्काले हुन्छ भन्ने तर काममा नआउँदा समस्या हुँदै आएको उपप्रमुख सिंहले पीडा सुनाइन्। संघीय सरकारबाट प्राप्त रकमबाट उक्त भवन निर्माण गर्न लागिएको हो।

नेपाली कांग्रेसबाट छेडागाड नगरपालिकामा नगरप्रमुखमा रहेका खड्काले नलगाड जलविद्युत आयोजनाको पहुँच मार्गमा निर्माण गर्ने भनिएको पुल समेत सात वर्षसम्म नबनाएका हुन्।  

खारास्थित नलगाड नदीमा निर्माण हुने उक्त पुल निर्माण नगरी अलपत्र भएको हो। पटक पटक आयोजनाले पुल निर्माण गर्न आग्रह गरे पनि मेयर खड्काले अटेरी गरी काम नगरेको आयोजनाको दावी रहेको छ। पुल निर्माणको काम लामो समयदेखि अलपत्र पर्दा यस क्षेत्रका अधिकांश विकासे काम अलत्रप भएका छन्।

अहिले नलगाड नदीमा काठको लाप्को लगाएर वारपार गराउने काम हुँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.