|

पर्वत : गत भदौ २३ गते पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा डोजर चलाएर आफ्ना स्वामित्वमा रहेका सटर तथा घरहरू भत्काएर डोजरको काम सुरु गरेको पोखरा महानगरपालिकाले मङ्गलवार प्रहरी बस्दै आएको भवनमा डोजर चलाएको छ।

महानगरपालिकाले आम्दानीको स्रोतका रूपमा लिँदै रहेका महेन्द्रपुलको सार्वजनिक जग्गामा बनेका सटर नै भत्काएर उक्त स्थानमा सार्वजनिक पार्क र सार्वजनिक शौचालय निर्माण गर्ने महानगरपालिकाको योजना छ। महेन्द्रपुलबाट हटाइएका हट्ने पुस्तकालय र आर्ट ग्यालरीलाई पृथ्वीचोकमा ट्राफिक भवन (गोलघर) भएको स्थलमा सार्ने गरी महानगरपालिकाले काम गरिरहेको छ।

पृथ्वीचोकको गोलघरमा बसिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन स्थायी रुपमा सरेको भए पनि ट्राफिक प्रहरीले गोलघर भनेको छाडेको थिएन। महानगरपालिकाले गोल घर भत्काएर त्यहाँ रहेको दुई रोपनी क्षेत्रफलमा नयाँ संरचना निर्माण गर्न लागिएकाले त्यहाँबाट हट्न भन्दै ट्राफिक प्रहरीलाई खबर गर्दै आइरहेको पनि थियो। तर ट्राफिक प्रहरीले महानगरपालिकाको खबरलाई बेवास्ता गर्दै ठाउँ नछाडेपछि महानगरपालिकाले मङ्गलवार बिहान एकाएक डोजर चलाएर भवन भत्काएको हो।

पोखरा महानगरले उक्त स्थानमा पोखरा घर बनाउनका लागि दुई करोड रुपैयाँ विनियोजन गरिसकेको छ। आर्ट ग्यालरी, घण्टाघर, पुस्तकालय, पोखरा आउँदा आकर्षक देखिने गरी सूचना केन्द्र पनि उक्त घरमा राख्ने महानगरपालिकाको तयारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.