दुई महिनाको जेल सजायसमेत सुनाइयो

|

काठमाडौं : ताइवानमा सुँगाले एक चिकित्सकलाई घाइते बनाएपछि (सुँगा पालक) मालिकलाई दुई महिना जेल सजाय र ९१,३५० अमेरिकी डलर अर्थात् एक करोड १९ लाख नेपाली रुपैयाँ जरिवाना तोकिएको छ। 

ताइन्यान जिल्लाका ह्‍वाङले पालेको सुँगाले चिकित्सकलाई घाइते बनाएर कम्मरको जोर्नी खुस्किएको थियो।  डाक्टर लिन नामका ती डाक्टर दौडिरहेको ठाउँमा सुँगाका मालिकले त्यहाँ उडाउन लगेका थिए। 

उनले सुँगा उडाए पनि लिनको ढाडमा चढेर बारम्बार पखेटा फटफटाउँदा उनी हड्बडाएर लड्दा जोर्नी खुस्किएको थियो।  डा लीले आफू एकसाता अस्पताल भर्ना भएको र ६ महिनाभन्दा बढी काम गर्न नसकेको अदालतमा बयानका क्रममा बताएका थिए। 

प्लास्टिक सर्जन रहेको उनको मुद्दा अदालतसम्म पुगेको थियो। र बहसका क्रममा लिनका वकिलले उनी चोटका कारण काम गर्न नसक्ने भन्दै तर्क गरेका थिए।

अदालतले ह्वाङको लापरबाहीका कारण डाक्टर लिन लडेको ठहर गर्दै मालिकलाई  जरिवाना र कैदको फैसला सुनाएको हो। 

मको जातको सुँगा ४० सेन्टिमिटर अग्लो र पखेटा फैलिँदा ६० सेन्टिमिटर चौडा हुन्छ। उक्त सुँगाको आकार ठूलो भएकाले ह्वाङले सुरक्षाका उपाय नअपनाएको ठहर गरे। 

ह्वाङले आफूले अदालतको निर्णयको सम्मान गर्ने तर आफूले पालेको चरा आक्रामक नभएको र क्षतिपूर्तिको रकम निकै धेरै भएको भन्दै पुनरावेदनमा जाने बताएका छन्। 

ताइन्यान जिल्ला अदालतको प्रशासनिक कार्यालय भने यो एक दुर्लभ मुद्दा भएको बताएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.