|

विराटनगर : प्रदेश सरकारलाई बलियो बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्ध जनाएका छन्।

बुधबार बिहान प्रधामन्त्री दाहाल र प्रदेश १ का मुख्यमन्त्री हिक्कमतकुमार कार्कीबीचको भेटवार्तामा प्रदेश सरकारलाई बलियो बनाउने कुरामा आफू प्रतिबद्ध रहेको बताएका हुन्।

प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भेटवार्ता गरेका थिए। भेटका क्रममा प्रदेशको मन्त्रालय संख्या घटाएकोमा प्रधानमन्त्रीले आफूलाई धन्यवाद व्यक्त गरेको कार्कीले जानकारी दिए। प्रदेशलाई अधिकार दिने कुरामा आफ्नो तर्फबाट पहल भइरहेको बताएका थिए।

संघीयता बलियो बनाउनका लागि निजामती सेवा ऐन, संघीय शिक्षा ऐन, संघीय प्रहरी ऐन छिटो ल्याउन आवश्यक रहेको मुख्यमन्त्री कार्कीले भेटमा भनेका थिए। गत पुस २५ गते गठन भएको प्रदेश १ सरकारमा ६ मन्त्रीसहित ७ सदस्यीय मन्त्रीमण्डल रहेको छ।

९ मन्त्रालय रहने औपचारिक निर्णय गरिसकेको प्रदेश सरकारमा थप दुई मन्त्री नियुक्ति हुन बाँकी छ। यद्यपि, मन्त्रालयको विषयमा आफूसँग कुनै छलफल नभएको मुख्यमन्त्री कार्कीले जानकारी दिए। अहिले सामान्य सिष्टाचार भेट गरेको कार्कीले बताउदै  भने, मन्त्रालयको विषय त्यहीं टुंगो लाग्छ, माथि छलफल गर्नुपर्ने आवश्यकता छैन।’

भेटका क्रममा प्रधानमन्त्रीले मितव्ययिता र सुशासनमा जोड दिँदै प्रदेश सरकारले जनताले अनुभूति हुने गरी काम गर्न  मुख्यमन्त्री कार्कीलाई आग्रह गरेका थिए। भने, प्रधानमन्त्री दाहालले मुख्यमन्त्री कार्कीलाई मन्त्रालय घटाएकोमा धन्यवादसमेत दिएको मुख्यमन्त्री सचिवालयले जनाएको  छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.