|

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै महामन्त्री थापाले बैंकहरुले किसानलाई बैंकले मर्कामा पारेको भन्दै कको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गरेका हुन्।

उनले पछिल्लो समय सयौंको सख्यामा साना किसानहरु कृषि मन्त्रालयमा पुगेर रोइरहेको बताए। उनले बैंकहरुबाट ऋण लिएर कुखुरा फार्म चलाएका किसानको बर्डफ्लु न्यूनीकरण गर्ने नाममा सरकारले कुखुरा फार्म नष्ट गरेबापत पाउने ५८ करोड क्षतिपूर्ति तत्काल किसानलाई दिन पनि माग गरे।

उनले किसानहरुले बैंकको ऋणको दबाबमा अप्रिय निर्णय लिए सरकार जिम्मेवार हुनुपर्ने बताए।

उनले भने, ‘सयौंको सख्यामा साना किसानहरु कृषि मन्त्रालय धाइरहेका छन्। किसानहरु कृषि मन्त्रालय पुग्छन् रुन्छन् कराउँछन्। यी नै किसानहरु जसले बैंकहरुबाट ऋण लिएर साना कुखुरा फार्म चलाएका थिए। बर्डफ्लु न्यूनीकरण गर्ने नाममा सरकारले किसानको कुखुरा फार्म नष्ट गरियो। नियमअनुसार यी किसानले पाउने क्षतिपूर्ति ५८ करोड छ। सरकार दिन्नँ भन्दैन। दिन्छु भन्छ तर दिँदैन। सरकारले कृषकलाई झुलाउँछ। सरकारलाई भ्याइनभ्याई छ। तर बैंकले कृषकलाई समाउँछ।'

त्यस्तै,स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले पछिल्लो समय मानिसहरु आत्मदाह गर्ने बढेको भन्दै आत्मदाह तथा आत्महत्याको छानबिन गर्न उच्चस्तरिय न्यायिक छानबिन समिति गठन गर्न माग गरे।

उनले मानिसहरुले सामान्य जीवन चलाउन समस्या भएको अवस्थामा न्यायिक समितिले जीवन चलाउन सहज बनाउने बताए।

उनले पछिल्लो समय मुलुकभर आत्महत्या र आत्मदाह गर्ने मानिसहरुको संख्या बढ्दै गएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.