|
प्रतीकात्मक तस्वीर

सुर्खेत : भेरी नगरपालिका-६ की भद्रकला कामीले लाठीले हानेर आफ्नै श्रीमान् काले कामीलाई हत्या गरेको पाँच वर्षपछि घटना सार्वजानिक भएको छ।

३० पुस २०७४ मा सिस्नेकी भद्रकला कामीले लठ्ठीले हान्दा उनका श्रीमान् काले कामीको मृत्यु भएको प्रहरीले जनाएको छ। भद्रकलाले लठ्ठीले हान्दा ४७ वर्षीय कामीको मृत्यु भएको कुरा पाँच वर्षपछि खुलासा भएको हो।

भद्रकला कामी र उनका छोराहरू गोविन्द विक, तुल्सीराम विकले शव घर नजिकै शौचालयमा पुरिदिएको प्रहरीले जनाएको छ। जाजरकोट प्रहरीले व्यापक अनुसन्धान बढाउँदा काले कामीको शव शौचालयमा पुरिएको अवस्थामा भेटाएको जाजरकोटका डिएसपी सन्तोष निरौलाले बताए।

उनका अनुसार शव शौचालयको खाडलमा पुरेको गोप्य सूचनाका आधारमा मंगलबार जाजरकोट प्रहरीले घटनास्थलमा पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थल पुगेर शौचालयको खाडल उत्खनन गर्दा काले कामीको शव भेटिएको थियो। काले कामीको पूरै दाँत सहितको खप्पर (टाउको), प्लास्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र सोही ज्याकेट पाइन्टभित्र मानव कङ्काल फेला परेको छ।

भद्रकला र उनका छोरा तुल्सीराम विकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान अगाडि बढाइरहेको छ। जाजरकोटमा आज प्रहरीले पत्रकार भेटघाट कार्यक्रम राखेर सार्वजनिक गरेको छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.