|

काठमाडौं : म्यानचेस्टर युनाईटेड काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा नटिङघम फरेस्टलाई २–० ले हराउँदै समग्रमा ५–० को जितसहित युनाईटेड फाइनल पुगेको हो।

पहिलो लेगमा युनाईटेडले ३–० को अग्रता बनाएको थियो। दोस्रो लेगमा युनाईटेडका लागि एन्थोनी मार्सियल र फ्रेडले एक एक गोल गरे। 

खेलको ७३ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाए।  खेलको ७६ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडको जित पक्का गरे।

अब युनाईटेडले उपाधिका लागि न्युकासल युनाईटेडसँग भिड्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.