|

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति बैठक बिहीबार बस्दैछ। संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहान ९ बजे बैठक बस्ने भएको हो।

प्रमुख सचेतक रमेश लेखकलेराष्ट्रियसभा उपाध्यक्षको निर्वाचन लगायत समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए। २०७८ फागुन २१ गतेदेखि रिक्त राष्ट्रियसभा उपाध्यक्ष पदका लागि माघ २३ गते निर्वाचन हुँदैछ। 

तत्कालीन उपाध्यक्ष शशिकला दाहालको ४ वर्षे कार्यकाल सकिएपछि राष्ट्रियसभा उपाध्यक्षविहीन छ। दाहालले गोलाप्रथाबाट ४ वर्षे कार्यकाल पाएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.