|

हिजाबविरुद्धको प्रदर्शनमा महसा अमिनीको मृत्यु भएपछि इरानका युवा गत वर्षदेखि अधिकारका लागि लडिरहेका छन्। प्रदर्शन रोक्न राष्ट्रपति इब्राहिम रइसीको सरकारले कुनै कसर बाँकी राखेको छैन।

यसै सन्दर्भमा जनवरी २९ मा भएको अदालत नयाँ फैसला  सार्वजनिक भएको छ, जसमा इरानको अदालतले सार्वजनिक ठाउँमा नृत्य गरेको भन्दै एक ब्लगर जोडीलाई १० वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ।

अदालतले उनलाई सार्वजनिक स्थलमा नाचगान र वेश्यावृत्तिलाई प्रोत्साहन गरेको आरोपमा दोषी ठहर गरेको छ।  रिपोर्टका अनुसार ब्लगर अस्तिज हगीगी र आमिर मोहम्मद अहमदीले इरानी प्रदर्शनकारीलाई समर्थन गर्दै एउटा डान्स भिडियो पोस्ट गरेका थिए।  त्यसपछि नोभेम्बरमा उनलाई गिरफ्तार गरिएको थियो।

रिपोर्टका अनुसार तेहरानको आज़ादी स्क्वायरमा ब्लगर जोडीले नृत्य गरेको भिडियो भाइरल भएको थियो।  त्यसपछि उनीहरुमाथि कारबाही गरिएको थियो।  एस्तियाज र आमिरलाई अदालतले राष्ट्रिय सुरक्षा खतरामा पारेको र सरकारविरुद्ध प्रचारप्रसार गरेको आरोप पनि लगाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.