|

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा अन्य दलसँग छलफल गरेर उम्मेदवार उठाउने निर्णय गरेको छ।  

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले अन्य दलसँग छलफल गरेर उम्मेदवार उठाउने  प्रमुख सचेतक रमेश लेखकले जनाकारी दिए। यस्तै बैठकले माघ २६ गते संसदीय दलको बैठक बोलाउने पनि निर्णय गरेको छ। 

राष्ट्रियसभा उपाध्यक्षका लागि यही माघ २३ गते निर्वाचन हुँदैछ। तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल ०७८ फागुन २० मा सकिएपछि रिक्त पदमा एक वर्षपछि निर्वाचन हुन लागेको हो।

यस्तै कांग्रेसले राष्ट्रपतिको साझा उम्मेदवारको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव कुरिरहको बताएको छ। बैठक पछि सचेतक लेखकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने कुरा प्रधानमन्त्रीले बताइसकेकाले कांग्रेस प्रधानमन्त्रीको भनाइप्रति विश्वस्त रहेको बताए । 

उनले प्रधानमन्त्रीबाट आउने प्रस्तावका आधारमा कांग्रेसले थप निर्णय गर्ने समेत बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.