काठमाडौँ : काभ्रेको भकुण्डेबेशीमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु भएको छ।
ना २ ख ७३४२ नम्बरको बसले ठक्कर दिँदा ८ वर्षीया बालिका विविशा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
ठक्कर दिने बसमा स्थानीय बासिन्दाले आगो लगाइदिएका छन्। आगो दमकलको सहायतामा निभाइएको काभ्रेका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।
स्थानीयले अहिले भकुण्डेबेशीमा विपी राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।