भोलि बजार बन्द गरिने

|

धनगढी : नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य तथा सचेतक अरुणकुमार चौधरी पक्राउ परेपछि कैलालीमा विरोध प्रदर्शन गरिएको छ। बिहीवार कैलाली निर्वाचन क्षेत्र–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेका थिए।

चौधरीलाई कोहलपुरबाट पक्राउ गरेपछि नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताले कैलालीस्थित बौनियामा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनपछि बौनिया बजारमा आयोजित कोण सभालाई सम्बोधन गर्दै नाउपाका नेता जन्मदेव सञ्जालले शुक्रबार बिहान १० बजेदेखि कैलालीमा यातायात बन्द गर्ने चेतावनी पनि दिएका छन्।

एक दशक पुरानो आगजनीको मुद्दामा ६ महिना कैद र जरिवाना सजाय सुनाइएका चौधरीलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको थियो।

अपराध महाशाखा काठमाडौँबाट खटिएको टोलीले उनलाई पक्राउ गरेपछि कैलाली प्रहरीलाई जिम्मा लगाउने तयारी गरेको छ। चौधरीलाई विमानमार्फत काठमाडौँ हुँदै धनगढी ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.