आज कैलाली हिरासतमा वास

|

धनगढी : बाँकेबाट पक्राउ गरिएका नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरीलाई धनगढी ल्याइएको छ। चौधरीलाई श्रीएयरलाइन्सको विमानमार्फत धनगढी ल्याइएको हो।

चौधरीलाई बिहीवार जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले चौधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने जानकारी दिए।

डीएसपी जोशीले उनलाई शुक्रबार जिल्ला अदालतमा पेश गरिने बताए। १३ वर्षअघिको आगजनीको मुद्दामा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय सुनाएको थियो।

बिहीवार अपराध अनुसन्धान महाशाखाको टोलीले कोहलपुरबाट पक्राउ गरेको थियो। बाँकेबाट श्रीएयरलाइन्सको विमानबाट काठमाडौं लगिएको थियो।

चौधरी पक्राउ परेको विरोधमा नागरिक उन्मुक्ति पार्टीले कैलालीको बौनियामा प्रदर्शन गरेको थियो भने भोलि कैलालीमा यातायात बन्द गर्ने चेतावनी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.