|

काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसालले सडक दुर्घटनामा परे पनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्। 

सामाजिक सञ्जालमा लेख्दै भूसालले अहिले सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचाररत रहेको जानकारी दिएका छन्। 

उनले कुनै पनि प्रकारको चोटपटक वा गम्भीर समस्या नरहेको र मेडिकल जाँचका रिपोर्टहरु समेत सामान्य रहेको उल्लेख गरेका छन्। 

‘सडक दुर्घटनाको कारण सिभिल अस्पतालमा उपचाररत रहेको हुँदा अहिलेसम्म कुनै प्रकारको च‍ोटपटक वा गम्भीर समस्या नरहेको, साथै मेडिकल टेस्टको हालसम्मको रिपोर्टहरू समेत सामान्य रहेको जानकारी गराउँदै चासो–चिन्ता व्यक्त गर्नुभएकोमा सबैप्रति आभार व्यक्त गर्दछु।’ भूसालले लेखेका छन्। 

आफैं गाडि चलाएर जाँदै गर्दा उनी शुक्रबार दिउँसो नयाँ बानेश्वरमा गाडिभित्रै बेहोस भएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.