|

काठमाडौं : एनआरएस स्पोर्ट्स फाउण्डेशनले फागुन २० गते शनिवार रन फर ओबेसिटी म्याराथन गर्ने भएको छ। संस्थाले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो।

म्याराथन ५ किलोमिटरको हुनेछ। म्याराथनमा सहभागी हुनका लागि खल्ती एपबाट २ सय रुपैयाँ भुक्तानी गरी दर्ता गराउनुपर्ने आयोजकले जनाएको छ। भुक्तानी गरेसँगै टिसर्ट सहितका सामग्री प्रदान गर्ने पनि आयोजकले जनाएको छ।

म्याराथन वसन्तपुरबाट शुरु भई रत्नपार्क, नागपोखरी, दरबारमार्ग, न्युरोड हुँदै वसन्तपुरमै गएर टुंगिने छ।

आयोजकले म्याराथनमा १ हजार जना सहभागी गराउने लक्ष्य लिएको छ। म्याराथन बिहान ६:३० बजे शुरु भई साढे ७ बजे समापन हुने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.