|

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले नयाँ मतदाताहरु नयाँ दलप्रति आकर्षित भएको निष्कर्ष निकालेको छ। 

शनिबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमा नयाँ मतदाताहरुको भोट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई गएको निष्कर्ष निकालेको हो। 

‘धेरैजसो युवा एवं नयाँ मतदाताहरूको मत रास्वपालाई गयो। विदेशमा रहेका युवाहरूले समेत घरमा फोन गरेर रास्वपाको घण्टीमा मत दिन लगाए। उनीहरूले हामीलाई विश्वास गरेनन्। त्यसले गर्दा पनि हाम्रो पार्टीले प्राप्त गर्ने परिणाममा असर पर्‍यो,’ प्रतिवेदनमा उल्लेख  छ।  

 यस पटकको निर्वाचनमा २५ लाख ६० हजार ६३२ जना नयाँ मतदाता थपिएकोमा उनीहरुको विकर्षण  पुराना पार्टी र नेताप्रति देखिएको नेकपा एसको दाबी छ। 

‘पुरानालाई होइन नयाँलाई दिउँ’ भन्ने नारा व्यापक रूपमा लगाइएको उल्लेख गर्दै त्यसले नयाँ मतदाताहरूलाई बढी प्रभावित गरेको उल्लेख छ।

‘उनीहरूको रुझान नयाँ पार्टी र तिनका उम्मेदवारहरूप्रति रहन गयो । गणतन्त्र स्थापना भएदेखि यताको समयमा युवा तथा विद्यार्थीहरूलाई राजनीतिक र वैचारिक रूपमा प्रशिक्षित, सङ्गठित र परिचालित गर्ने कार्य राम्ररी हुन सकेन जसले गर्दा स्पष्ट दृष्टिकोण भएका युवाहरू ‘नयाँ र युवाहरूको नेतृत्व’ भन्ने नारामा आकर्षित भए,’ प्रतिवेदनमा भनिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.