‘माओवादी अस्थिर र ढुलमुले’

|
फाइल फोटो

काठमाडौं :नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमाले दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिष्ट पार्टी भएको दाबी गरेका छन्। 

केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा उनले एमालेको वर्ग अडान स्पष्ट नरहेको उल्लेख गरेका छन्।

‘दलाल पूँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीब्र गतिमा दक्षिणपन्थी हुँदै गएको छ। यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध छैन।’ उनले प्रतिवेदनमा लेखेका छन्, ‘विगतको व्यवहारलाई हेर्दा यसले आफ्नो स्वार्थका निम्ति संविधान र लोकतन्त्रलाई मास्न पनि बेर लाउँदैन भन्ने देखिन्छ ।’

प्रतिनिधि सभाको तेस्रो ठुलो दलका रूपमा रहेको नेकपा (माओवादी केन्द्र) ढुलमुले चरित्रको कम्युनिष्ट पार्टी भएको नेता नेपालको विश्लेषण छ।

‘यसको पनि वर्ग अडान स्पष्ट छैन । सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको यो पार्टी शान्ति प्रक्रिया लम्बिदै गएपछि सत्ताको वरिपरि केन्द्रित हुँदै गएको छ।’ उनले लेखेका छन्, ‘यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध नै छ तर सत्तास्वार्थका निम्ति कुनै पनि बेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर र ढुलमुले प्रवृत्ति यसमा देखिएको छ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुँजीपति वर्ग चरित्रको पार्टी भएको नेपालको विश्लेषण छ।

‘रास्वपाको पार्टीको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट छैन। संविधानवादको कुरा गरे पनि गणतन्त्र र सङ्घीयताप्रति यसको दृष्टिकोण के हो भन्ने पनि स्पष्ट छैन।’ प्रतिवेदनमा लेखिएको छ, ‘यो पार्टी प्रतिनिधि सभाको विघटन र नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोप्रिय नारा दिएर उदाएको पार्टी हो । सस्तो लोप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिकृयावादको सेवा गर्ने गर्दछ। यसले पनि त्यही भूमिका निर्वाह गर्दै छ।’


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.