|

पाल्पा : पाल्पामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा शनिबार एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारत घर भइ हाल स्याङ्जाको वालिङ नगरपालिका-८ बस्ने ३६ वर्षीय विनय चौधरी रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।

पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २९ प ३२९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ग २ ख ८४३ नम्बरको ट्रकले तिनाउ गाउँपालिका-५ चौबीस माइलमा दिउँसो पौने १२ बजे ठक्कर दिएको हो। 

गम्भीर घाइते चौधरीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा शनिबार दिउँसो साढे १ बजे मृत्यु भएको थापाले बताए। ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि आजै ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.