|

काठमाडौं :  पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा बाबुछोरीको शव फेला परेको छ। सात वर्षीया छोरीको हत्यापछि बुबा किशोर भण्डारीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

रामेछाप घर भइ काठमाडौंमा फार्मेसी सञ्चालन गर्दै आएका भण्डारीले छोरीको घाँटी रेटेर हत्या गरेपछि आफुले पासो लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेश मैनालीले दुवै जना कोठामै फेला परेको बताए। उनका अनुसार अहिले प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेकाले घटनाबारे पुरा जानकारी आइसकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.