|

संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारीमा भएको १ नम्बर प्रदेशस्तरीय रेजिना रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि ओखलढुंगा भलिबल टिमले जितेको छ।

खाँदबारीमा शनिबार भएको फाइनलमा भोजपुर भलिबल टिमलाई ३-१ सेटमा हराउँदै ओखलढुंगाले उपाधि जितेको हो। प्रतियोगितामा झापा भलिबल टिम तेश्रो र पाँचथर भलिबल टिम चौथो भएको छ।

प्रतियोगितामा सर्वोकृष्ट खेलाडी ओखलढुंगाका समिप श्रेष्ठ घोषित भए। बेष्ट स्पाइकर ओखलढुंगाका हरि अधिकारी, लिफ्टर मनोज घिमिरे, व्लकर द्वारिका थापा, लिब्रो भोजपुरका सन्तोष राई र सर्भर बालकुमार रायमाझी घोषित भए।

विजयी ओखलढुंगाले नगद १ लाख ११ हजार र २१० तोलाको चाँदीको शिल्ड पायो। उपविजेता बनेको भोजपुरले ५५ हजारमा चित्त बुझाएको छ।

प्रतियोगितामा प्रदेश १ का १३ जिल्लाका टिम सहभागी भएको आयोजक सूर्य माविले जनायो। विजयी टिमलाई भलिबल संघका केन्द्रीय महासचिव रोशन श्रेष्ठले पुरस्कार वितरण गरे।

रेजिना रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता २०५८ सालमा जिल्लास्तरीय, २०७१ सालमा पूर्वाञ्चलस्तरीय हुँदै २०७४ सालमा प्रदेश १ स्तरीय भएको थियो। खेलकै माध्यमबाट विकृति विसंगति हटाउँदै खेल क्षेत्रबाट संखुवासभालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउन सहयोग पुग्ने आयोजकको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.