|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हिमेश पन्तले पार्टीले गृह मन्त्रालय छोड्न नमिल्ने बताएका छन्। 

शनिबार राती सामाजिक सञ्जालमार्फत कमेडियनसमेत रहेका नेता पन्तले आज गृहमन्त्री नदिनेले भोली काम गर्न पनि निदिने उल्लेख गर्दै रास्वपाले अरु मन्त्रालय लिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु सरह भएको टिप्पणी गरेका छन्। साथै उनले सरकार छोडे पनि नैतिकता नछाड्ने पनि सुझाव दिएका छन्। 

‘आज गृहमन्त्री नदिनेले भोली काम गर्न पनि दिदैन। स्वतन्त्र पार्टीले अरु मन्त्रालय लिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो। बरु! सरकार छोड्नु, नैतिकता नछोड्नु,’ पन्तले भनेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.