|

हेटौंडा : बागमती प्रदेशसभाको बैठक आज आइतबार बस्दैछ।

प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक आइतबार दिउँसो २ बजे बस्न लागेको हो । प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको थियो।

 मंसिर ४ मा भएको निर्वाचनपछि शुरु भएको प्रदेशसभाको दोस्रो कार्यकालमा हालसम्म ६ वटा बैठक बसेको छ । बैठकले सभामुख र उपसभामुख चयन, मुख्यमन्त्रीलाई विश्वासको मत दिनेसँगै ५ वटा अध्यादेश स्वीकृत गरेको छ।

 प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (समाजवादी पार्टी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी १ सय १० जना प्रदेशसभाका सदस्य छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.