|

काठमाडौं : केही दिनयता अमेरिकी आकाशमा देखिएको शंकास्पद बेलुन अमेरिकी सेनाले लडाकु विमान प्रयोग गरेर खसालेको छ। 

चिनियाँ जासुसी बेलुन भनिएको उक्त बेलुन राष्ट्रपति जो बाइडेनको आदेशपछि रकेट प्रहार गरेर खसालिएको हो। तीनवटा लक्जरी बस जत्रो साइजको बेलुन एफ–बाइस लडाकु विमान प्रयोग गरी खसालिएको छ। 

बेलुन खसालेपछि समुद्रमा भग्नावेष खोज्न थालिएको अधिकारीहरुले जनाएका छन्। अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ बेलुन भन्दै छानबिन थालेपछि चीनले भने यसमा असहमति जनाउँदै अमेरिकाले आफ्नो छबि बिगार्ने कोसिस गरिरहेको बताएको थियो। 

यो बेलुन २८ जनवरीमा अमेरिकी एयरस्पेसमा देखिएको थियो। अमेरिकी परमाणु मिसाइल क्षेत्र रहेको मोन्टानाको आकाशमा देखिएको बेलुन क्यानडामा समेत देखा परेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.