|

काठमाडौं : साफ अन्डर–ट्वेन्टी महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ।  नेपाल र भुटानबीचको खेल दिउँसो सवा ३ बजे बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ। 

भुटानविरुद्ध मैदान उत्रँदा नेपाल पहिलो जितको खोजीमा हुनेछ। शुक्रबार भएको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोलले पराजित भएको थियो। भुटान पनि पहिलो जितको खोजीमा हुनेछ। 

भुटान पहिलो खेलमा भारतसँग १२–० गोलले पराजित भएको थियो। प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटान सहभागी छन्। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। 

नेपालले आफ्नो अन्तिम खेलमा पर्सी भारतसँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.