|

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ। आइतबार उनको निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  ७९ वर्षका मुसर्रफ लामो समयदेखि बिरामी थिए। 

उनको दुबईको एक अस्पतालमा उपचार भइरहेको थियो।

मुशर्रफ सन् २०१६ देखि उपचारका लागि दुबईमा बस्दै आएका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार केही महिना पहिले मुशर्रफले आफ्नो बाँकी जीवन आफ्नै देशमा बिताउने इच्छा व्यक्त गर्दै आफ्नो नीजी वकिलमार्फत पाकिस्तानी सरकारलाई निवेदन दिएका थियो।

’द एक्सप्रेस ट्रिब्यून’ पत्रिकाका अनुसार पूर्व राष्ट्रपति जतिसक्दो चाँडो पाकिस्तान फर्कन चाहन्थे। मुशर्रफ सन् १९९९ मा भएको सफल सैन्य ‘कू’ पछि पाकिस्तानका दशौं राष्ट्रपति भएका थिए। उनले सन् १९९८ देखि २००१ सम्म पाकिस्तानको ज्वाइन्ट चिफ अफ स्टाफ कमिटी (सीजेसीएससी) को १० औं अध्यक्ष र सन् १९९८ देखि २००७ सम्म सातौं शीर्ष जनरलको रूपमा काम गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.