|

विराटनगर : प्रेस चौतारीको २५ औँ स्थापना दिवसका अवसरमा दुईजना पत्रकार सम्मानित भएका छन्।

आज (आइतबार) प्रेस चौतारी मोरङ जिल्ला कार्यसमितिले शुभकामना आदानप्रदान गरी जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार र कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कारबाट दुईजना पत्रकारलाई सम्मान  गरेको हो।

जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट तेजेन्द्र भण्डारी  र कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार २०७९ बाट दिनेश सुब्बालाई सम्मान गरिएको हो।

पत्रकारद्वय भण्डारी र सुब्बालाई प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मानपत्र प्रदान गरेका हुन्। सुब्बा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)  मोरङका जिल्ला अध्यक्षसमेत हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.