|

काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला पाँच सयले बढेको छ।

अघिल्लो दिन प्रतितोला रु एक लाख चार हजार एक सयमा कारोबार भएको उक्त सुनको मूल्य आज रु एक लाख चार हजार छ सय तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार एक सय छ। उक्त सुनको मूल्य अघिल्लो दिन रू एक लाख तीन हजार ६ सय थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय २० कायम रहेको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.