|

विराटनगर : नेपाली कांग्रेसका सांसद केदार कार्कीले सदन सेटिङमा चलेको जस्तै भएको  आरोप लगाएका छन्। आज (सोमबार) प्रदेशसभाको बैठकमा  प्रदेश १ का सभामुख बाबुराम गौतमले मन्त्रिपरिषदको कार्यविभाजन र जिम्मेवारीसम्बन्धी पत्र पढेर सुनाउँदै गर्दा कार्कीले  टेबल ठोकेर बोल्ने समय मागेका थिए।

उनले सोही क्रममा संसदमा शून्य समयको प्रयोग गर्न नपाएको  भन्दै  संसद् सेटिङ जस्तो भएको आरोप लगाएका हुन्।

उनले  प्रदेशसभामा निर्वाचित भएर प्रदेशसभा गठन भएको तीन महिना बितिसक्दा पनि  सरकारले बिजनेस दिन सकेको भन्दै सभामा संसदहरुले आफ्नो समस्याको बारेमा, निर्वाचन क्षेत्रको जनताको बारेमा कुरा राख्न नपाएको बताए।

‘आफू निर्वाचित भएर आउँदै गर्दा  गरेका वाचाको बारेमा संसदमा शून्य समयको प्रयोग गर्ने नपाइने,’ उनले भने, ‘संसद सेटिङ जस्तो गरेर शून्य समय नै हटाएर  सांसदहरुले आफ्ना अभिव्यक्ति रोखेर जनतामाझ  पुर्‍याउन नसकनु संसदको सेटिङ जस्तो देखिएको छ।’ उनले  यसलाई कुनै जिल्ला विकास समितिको बैठक जस्तो गरेर सांसदहरुले बोल्ने अधिकार  वञ्चित भएको उनको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.