|

काठमाडौं : महालक्ष्मी विकास बैंकले विभिन्न शाखाहरू मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग कार्यक्रम सम्पन्न गरेको छ। 

२८ वर्षदेखि “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै आएको बैंकले मानव सेवा आश्रम र शैक्षिक संस्थाहरूलाई सहयोग गरेको हो। 

बैंकको भाटभटेनी शाखाले खुला आकाशमुनी कष्टपुर्ण जीवन व्यतीत गर्न विवश अनाथ, अपाङ्गता भएका, अशक्त, असहाय र मनोरोगाीहरुलाई सेवा गर्ने  परोपकारी संस्था मानव सेवा आश्रमलाई विभिन्न औषधीहरू, दैनिक खानाका लागि अत्यावस्यक सामाग्रीहरू साथै विविध सरसफाइका सामाग्रीहरू हस्तान्तरण गरेको छ । 

त्यस्तैगरि बैंकको राजापुर शाखाले राजापुर नगरपालिका वडा नं ४ मा अवस्थित अमर शहीद बहुमुखी क्याम्पसलाई खानेपानीको फिल्टर हस्तान्तरण गरेको छ ।

क्याम्पसमा हाल आठ सय विद्यार्थी अध्ययनरत रहेका र बर्सेनी विद्यार्थीको संख्या बढ्दै गएका कारण खानेपानी व्यवस्थापनमा उत्पन्न समस्या समाधानका लागि बैंकले खानेपानीका फिल्टर प्रदान गरेको हो ।

आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.