|

बैतडी : बैतडीको मैलौली नगरपालिकामा सम्पन्न नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मणिलेक मावि काँडाले जितेको छ।

मणिलेक १८ स्वर्ण,२ रजत र ५ कास्य पदकसहित प्रथम भएको हो। प्रथम भएको मणिलेकले ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाएको मेलौली नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर भण्डारी सागरले जानकारी दिए।

शीतलपुर मावि दोस्रो भएको छ। उसले ४ स्वर्ण, १० रजत र ६ कास्य पदक जित्यो। शीतलपुरले ३० हजार शिल्ड, मेडल र प्रमाणपत्र पायो।

कमलपुर माविले तेस्रो स्थान प्राप्त गरेको छ। कमलपुरले ३ स्वर्ण, ५ रजत र ४ कास्य पदक जित्यो। कमलपुरले २० हजार, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

विजेता विद्यालयलाई मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्द, उपप्रमुख पार्वती विष्ट बोहरा, जिल्ला खेलकुद विकास समितिका प्रमुख चमन भण्डारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश जोशी, पूर्व नगरप्रमुख कृष्णसिंह नायक, नगर खेलकुद समितिका अध्यक्ष शंकर भण्डारी सागरलगायतले पुरस्कार वितरण गरे।

माघ २० गते शुरु भएको प्रतियोगिता सोमबार सकिएको हो। प्रतियोगितामा नगरभित्रका १२ माध्यमिक विद्यालयको सहभागिता रहेको थियो। यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई आगामी फागुनमा हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.