|

इलाम : पवित्रहाङमा कप फुटबल प्रतियोगितामा नवदीप युवा क्लब मिक्लाजुङ मोरङले विजयी सुरुवात गरेको छ।

माङसेबुङ—५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा संचालन भइरहेको प्रतियोगिताको उदघाटन खेलमा आयोजक टिम माङसेबुङ गाउँपालिका इलामलाई १–० गोल अन्तरले पराजित गर्दै मिक्लाजुङ मोरङले विजयी सुरुवात गरेको हो।

मिक्लाजुङ मोरङको जितमा पूर्णिमा राईले निर्णायक गोल गरिन्। उनले खेलको इन्जुरी समयमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो। राई खेलको वुमन अफ द म्याचसमेत घोषित भईन्।

किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनको ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित प्रतियोगितामा मंगलबार रोयल स्पोर्टिङ क्लब दमक झापा र एमएफसी दार्जिलिङ भारतबीच खेल हुनेछ।

प्रतियोगिताको उदघाटन अखिल नेपाल फुटबल संघकी केन्द्रीय सदस्य पेमा लामाले गरिन्। खेलमा नेपाल र भारतका १० महिला फुटबल टिमले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले २ लाख १६७ रूपैयाँ नगद र उपविजेताले १ लाख १६७ रूपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल फागुन ३ गते हुनेछ।

अघिल्लो संस्करणको तुलनामा आयोजकले पुरस्कार राशिसमेत वृद्धि गरिएको छ। १२ औ संस्करणको विजेता बनेको एपिएफसी माङसेबुङले १ लाख ११ हजार १६६ रूपैयाँ नगद र उपविजेता माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिले ६६ हजार १६६ रूपैयाँ पुरस्कार प्राप्त गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.