|

जुम्ला : चन्दननाथ नगरपालिका १ मा आगलागी हुँदा १४ वर्षीया बालिकाको मृत्यु भएको छ। स्थानीय लोकबहादुर भण्डारीको घरमा गएराति साढे १० बजेतिर आगलागी हुँदा छोरी वन्दनाको  मृत्यु भएको  प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी जुम्लाका अनुसार  घरमूली भण्डारी घाइते भएका छन्। प्रहरी निरीक्षक  धर्मराज जोशीका अनुसार आगोले उनको गोडा पोलेका छ। अन्य परिवार सकुशल छन्।

जोशीका अनुसार ढुङ्गा र काठले बनेको तीन तलाको घर टिनको छानोले छाएको घरमा बिचको तलाबाट लागेको अनुमान गरिएको छ।  बालिका तेस्रो तलामा सुतेका कारण उनलाई बाहिर निकाल्न नसकिएको हो।

घरमा भण्डारीका श्रीमती, सासू  छोरी लगायत सात जनाको परिवार बस्दै आएको थियो। प्रहरीले आगलागीको कारणबारे अनुसन्धान गरी रहेको छ । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.