|

काठमाडौं : मधेस प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ। 

केही दिनअघि विस्तार भएको मन्त्रिपरिषदमा भागबण्डामा असन्तुष्टि जनाएको माओवादी सरकारमा सहभागी हुन भएको हो। 

माओवादीका दुई मन्त्री सहभागी हुनेभएपछि मंगलबार दिउँसो १ बजे शपथ ग्रहण कार्यक्रमको आयोजना गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशले जनाएको छ। 

एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी मधेस प्रदेशको मन्त्रिमण्डलमा सहभागी हुन लागेको हो। मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई माओवादी केन्द्रले पठाएको हो।

उद्योग, पर्यटन तथा वन मन्त्रीमा यादव र सहरी मन्त्रालयको राज्यमन्त्रीमा अन्सारीलाई पठाएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। मधेस प्रदेशमा माओवादी केन्द्रका ९ सांसद रहेका छन्।

गत माघ २० गते मन्त्रिपरिषद् विस्तार हुँदा माओवादी केन्द्र मधेस सरकारमा सहभागी भएको थिएन।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.