|

काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मानव सेवा आश्रम र शैक्षिक संस्थालाई सहयोग गरेको छ।

खुला आकाशमुनि कष्टपूर्ण जीवन व्यतीत गर्न विवश अनाथ, अपाङ्ग, अशक्त, असाहय र मनोरोगीलाई सेवा गर्ने विशुद्ध परोपकारी संस्था मानव सेवा आश्रमलाई बैंकको भाटभटेनी शाखाले विभिन्न सामग्री हस्तान्तरण गरेको हो। ती सामग्रीमा दैनिक अत्यावश्यक सामग्री र औषधी लगायत छन्।

सहाराविहीन, अशक्त, असाहाय, शारिकि तथा मानसिक रूपमा कमजोर आदिका लागि खाना कपडा र बस्ने व्यवस्था गरी सहारा दिँदै आएको मानव सेवा आश्रमको दैनिक आवश्यकतामा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग प्रदान गरेको बैंकले जनाएको छ।

त्यसैगरी बैंकको राजापुर शाखाले राजापुर नगरपालिका ४ मा अवस्थित अमर शहीद बहुमुखी क्याम्पसलाई खानेपानी फिल्टर हस्तान्तरण गरेको छ। ८०० विद्यार्थाी अध्ययनरत रहेको विद्यालयमा खानेपानी व्यवस्थापनमा उत्पन्न समस्या समाधानका लागि बैंकले सहयोग गरेको हो।

आगामी दिनमा पनि सामाजिक, आर्थिक रुपान्तरणका कार्यक्रम निरन्तर सञ्चालन गर्ने बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.