|

दैलेख : दैलेखमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गुराँस गाउँपालिका–२ बान्द्रेस्थित लोहरेखोलामा एक पुरुषको शव फेला परेको हो।

सोमवार लोहरेखोलाको बीचमा मृत अवस्थामा भेटिएका पुरुषको ठेगाना नखुलेको दैलेखका प्रहरी निरीक्षक दीपकसिंह विष्टले बताए।

पुरुष मृत अवस्थामा फेला परेको भन्दै स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि उनको शव पहिचानका लागि स्वास्थ्य सेवा कार्यालयमा राखिएको प्रहरीले जनाएको छ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विष्टले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.