|

काठमाडौं : तीनकुनेमा जीपसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका भक्तपुरको सूर्यविनायक नगरपालिकाका २३ वर्षीय नोजन राईको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बुधबार बिहान साढे ३ बजे मृत्यु भएको हो । 

मोटरसाइकलमा पछाडि बसेका सूर्यविनायक नगरपालिका २ बालकोटका २३ वर्षका चन्द्र सिलवालको उपचार भइरहेको छ। आज बिहान करिब ३ बजे बा ४९ प ५७७५ नम्बरको मोटरसाइकल र कुखुरा बोकेको प्रदेश २–०३–००१ च ३९९८ नम्बरको जीप ठोक्किएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.