|

काठमाडौं :  लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान जारी छ। यहाँ तीन सय पाँच मतदाता छन्।

घोराही उपमहानगरपालिका–१५ मिलन केन्द्रको प्राङ्गणमा बिहान १० बजेदेखि मतदान सुरु भएको थियो। बिहान १२ बजे सम्म एक सय ९५ मत खसेको  छ। 

राष्ट्रियसभा सदस्यका लागि ६० जना प्रदेशसभा सदस्य र एक सय ३५ जना स्थानीयतह प्रमुख÷उपप्रमुखले मतदान गरेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए।

निर्वाचनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी, सभामुख तुलाराम घर्ती, उपसभामुख मेनुका खाण केसी लगायतकाले मतदान गरेका छन्।

मतदानका लागि दुईवटा मतदान केन्द्र छन्।  केन्द्र ‘क’मा प्रदेशसभा सदस्य र केन्द्र ‘ख’ मा स्थानीय तहका प्रमुख÷उपप्रमुखका लागि मतदानको व्यवस्था मिलाइएको छ।

मतदान दिउँसो ३ बजेसम्म चल्ने सूचना अधिकारी कुँवरले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.