|

सर्लाही : सर्लाहीको कविलासीमा मोटरसाइकल अनियन्त्रित्रत भइ दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।

बुधबार बिहान नवलपुर-मलंगवा सडकखण्डअन्तर्गत कविलासी–७ सिरसियामा मलंगवाबाट नवलपुर जाँदै गरेको प्र २–०३–००९ प ७९१५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ सडकछेउमा रहेको सिमेन्टको पोलमा ठोक्किँदा कविलासी नगरपालिका–९ का मोटरसाइकल चालक २७ वर्षीय डिकेश रायको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक रायको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गरी परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.