|

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)की सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले जनतालाई निराश बनाउने गरी नबोल्न सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई चेतावनी दिएकी छन्।

संसद्‌भित्रै संविधानविरुद्ध विषवमन गरेर राप्रपाले ‘जात्रा’ देखाएको भन्दै उनले आपत्ति प्रकट गरिन्। बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै सचिव झाँक्रीले संविधान र व्यवस्थाविरुद्ध नबोल्न पनि राप्रपालाई चेतावनी दिइन्। यसबाट जनता निराश भएको उनको कथन छ।

सचिव झाँक्रीले ठूला दलहरूले जनताको अवस्थामा परिवर्तन हुने गरी कामै गरेर देखाउने वेला आएको पटक–पटक दोहोर्‍याइन्। उनले सरकारमा गएकाहरूले पनि जिम्मेवारीपूर्ण ढंगले जनताको पक्षमा काम गर्नुपर्ने बताइन्।

सचिव झाँक्रीले भनिन्, ‘अब जिम्मेवारपूर्ण ढंगले अघि बढ्ने हो कि भन्ने लाग्छ। संसद्‌मा जात्रा देखिएको छ। व्यवस्था र संविधानका विरुद्ध विषवमन गरिएको छ। यसले जनतालाई निराश बनाएको छ।’

सचिव झाँक्रीले व्यवस्था परिवर्तन भएकाले अब जनताको अवस्था परिवर्तन हुने गरी काम गर्ने गरी सबै राजनीतिक दलले योजना बनाउनुपर्ने बताइन्। उनले बदलाको भाव राखेर मुलुकलाई समृद्ध बनाउन नसकिने पनि तर्क गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.